सुनचाँदीका काम गर्ने मजदुरलाई राहत वितरण


३ बैशाख, सुर्खेत । कोरोना भाइरस कोभिड १९ ले गर्दा देश लकडाउनको स्थितिमा रहेको अवस्थामा सुनचाँदी व्यावसायी संघ सुर्खेतले आज ४० जना आफ्ना मजदुरहरुलाई राहत वितरण गरेको छ ।

देश लकडाउनमा भएको कारणले दैनिकी काम गरेर जीविकोपार्जन गर्न गाह्रो हुने सुनचाँदीका कालिगढहरुकालागि हामीले राहत वितरण गरेका हौं जस्मा हामीले ४० जनालाई प्रतिव्यक्ति साढे १२ केजी  चामल २दाल १/२ लिटर १ केजी नुन वितरण गरेका छौ । संघका अध्यक्ष डम्मर सुनारले भन्नुभयो ।