
२७ चैत्र, सुर्खेत । देश लकडाउनको स्थितीमा भएको बेला देउती नागरिक यातायात प्रा. लि. सुर्खेतले आज राहत वितरण गरेको छ ।
देउती नागरिकले आफ्ना २० जना कर्मचारीहरुकालागि प्रति कर्मचारी नगद १५ सय, ५० किलो चामल, ५ केजी दाल सहित १ केजी नुन र १ लिटर तेल राहत वितरण गरेको छ । भने पत्रकारहरुलाई पनि राहत हस्तान्तरण गरेको छ ।
राहत वितरण गर्दै देउती नागरिकका अध्यक्ष कमल खड्का ‘जुनी’ले हामीले यो लकडाउनको वेला संस्थामा आवद्ध कर्मचारीहरुको आर्थिक स्थितिले भोकै बस्न नपरोस भनी राहत वितरण गरेको बताउनुभयो । उहाँले भन्नुभयो । हाम्रो कार्यले कर्मचारीको मनोबल उच्च रहने र समस्या परेको बेलामा कम्पनी सधैं कर्मचारीको साथमा रहेको सन्देश दिनकालागि राहत वितरण गरेका हौं । त्यति मात्र होइन हाम्रो स्थापनाकाल देखि नै पत्रकार साथीहरुको योगदान उच्च रहेकाले पत्रकार महासंघको समन्वयमा पत्रकार साथीहरुलाई केहि हद सम्म समस्या समाधान होस भन्ने अभिप्रायले राहत हस्तान्तरण गरेको छौं ।’
स्थानीय गोरे थारु, सिता थारु, रामबहादुर थारु, प्रदिप वादी, मुस्तकिम अन्सारी, अपांगता भएका अर्का एक अशक्त व्यक्तिलाई १ कठ्ठा चामल २ केजी दाल र नुन तेल राहत वितरण गरेको देउती नागरिकका सचिव रमेश खड्काले बताउनुभयो ।
त्यस्तै नेपाल पत्रकार महासंघ सुर्खेत शाखालाई २५ केजी तौल भएका ३१ कठ्ठा चामल, डेढ क्वीन्टल दाल, ६० प्याकेट तेल र ३० किलो नून प्रदान गरेको गरेको महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो । देउती नागरिक यातायात प्रा.लि.ले महासंघलाई गरेको सहयोग प्रति धन्यवाद ज्ञापन गर्दै कोरोना भाइरसको यो त्रासको वातावरणमा राज्यले गर्नुपर्ने काम तपाईहरुले गर्नु भएको छ । यो अत्यन्तै प्रशंसनीय काम हो । यो राहत हामी श्रमजीवि पत्रकार जसलाई अति आवश्यक परेको छ उहाँहरुलाई वितरण गर्नेछौं ।




Prawash Kumar Shakya । २७ चैत्र २०७६, बिहीबार ११:३१ बजे