
२७ चैत्र, सुर्खेत । सानाकिसान कृषि सहकारी संस्था लि. वीरेन्द्रनगर ९ लाटीकोइली सुर्खेतले आज वीरेन्द्रनगर नगरपालिका ९ नं वडा कार्यालयलाई १ लाख सहयोग रकम हस्तान्तरण गरेको छ ।
वीरेन्द्रनगर नगरपालिका ९ नं वडा कार्यालयले स्थापना गरेको विपद तथा जलवायू व्यवस्थापन कोषमा विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)को महामारी रोकथाम तथा नियन्त्रणकाका कार्यमा सहयोग भन्ने हेतुले रकम सहयोग गरेको संस्थाका अध्यक्ष नरेन्द्रनाथ योगीले जानकारी दिनुभयो ।
यस्तै सहयोग रकम ग्रहण गर्दै ९ नं वडा अध्यक्ष सुरेश मानन्धरले स्थानीय वडामा रहेका बौद्ध सहकारी र सानाकिसान कृषि सहकारीले दिएको सहयोग रकमलाई उचित तरिकाले विपद व्यवस्थापनमा खर्चिने बताउनुभयो ।



Prawash Kumar Shakya । २७ चैत्र २०७६, बिहीबार १४:३३ बजे