

२७ चैत्र, सुर्खेत । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्णाली प्रदेश सरकारलाई रु ५ लाखको चेक हस्तान्तरण गरेको छ।
एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका सहायक महाप्रबन्धक एवंम् कर्णाली प्रदेश प्रमुख बिजय पराजुली र प्रस्ताविक शाखा दैलेखका प्रमुख मिलन श्रेष्ठले संयुक्त रुपमा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीलाई चेक हस्तान्तरण गर्नु भएको हो ।
कम्पनीले आफ्नो १३औं बार्षिक उत्सवको अवसरमा आर्थिक सहयोग गर्ने घोषणा गरे अनुसार आज उक्त रकमको चेक हस्तान्तरण गरिएको पराजुलीले बताउनु भयो । उहाँले भन्नुभयो नेपाल सरकारले कोरोना भाइरस बिरुद्धको अभियानमा सहयोग गर्न, कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोष मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संचालक समिति तथा कर्मचारीहरुको तर्फबाट उक्त रकम सहयोग गरिएको हो ।
Milan Shrestha । २७ चैत्र २०७६, बिहीबार १६:११ बजे