
२८ चैत्र, जुम्ला । युवा बिधार्थी नेता अमरजंङ्ग शाहीले अवसरमा व्यक्तिगत खर्च कटाइ हिमा गाँउपालिकाको राहत बितरणमा सघाउ पुर्याउनु भएको छ ।
यूवानेता शाहीले आफ्नो जन्मदिनको अवसरमा गाँउपालिकाको राहत वितरणमा आर्थिक रकम सहयोग गर्नुभएको हो । अखिल क्रान्तिकारीका केन्द्रीय सचिव कर्णालि प्रदेश इन्चार्ज संयोजक अनेरास्ववियू नेता अम्मराज शाही ‘अम्मरजंग” ले आफ्नो २९औं जन्मदिनको अवसरमा पारि उक्त कार्य गर्नु भएको हो ।
बिश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले आतंक मच्चाइरहेको बेलामा हिमा गाँउपालिका जुम्लाले अपनाएको सतर्कता लाई प्रशंसा गर्दै हिमा गाँउपालिका लाई राहत स्वरुप सहयोग गर्न पाउ भनी निवेदन दिइ आफ्नो जन्मदिनको उपलक्ष्यमा ५० हजार,१ सय ५ रुपैया गाँउपालिको बिपद व्यवस्थापन तथा राहत समितिको र गाउँकार्यपालिकाको सिफारिस लिई ५ सय ४ बिपन्न घर लाई खाने तेल बितरण गर्नु भएको छ ।
नेता शाहीले हरेक स्थानिय तह, प्रदेश तह र संघिय तहमा कार्यरत सम्पुर्ण बिद्यार्थी नेता, राजनैतिक कार्यकर्ताहरुले यसरी दिलो ज्यान दिएर देश र जनताको हितमा लाग्ने हो भने विश्वमा फैलिएको महामारीबाट समयमै सुरक्षित राख्न सकिन्छ भन्ने सन्देश दिनुभएको छ ।



Milan Shrestha । २८ चैत्र २०७६, शुक्रबार १७:४३ बजे