
अनियमितता भ्रष्टाचार र भ्रष्टाचारी मिलेर बनेको देश लुटन बनेको त्रिकोण तोडने अभियान लिएर खाली खुट्टा पैदल यात्रा सिंहदरवार हिड्नु भएका सुर्खेतका सामाजिक अभियन्ता यूवा नवराज बोहोरा “भेडा” आज काठ्माण्डौं प्रवेश गर्नुभएकोछ । अभियन्ता “भेडा”ले सुर्खेतको वीरेन्द्रनगरबाट अभियान शुरु गर्नुभएको उहाँले आठौं दिन देखि काठमाण्डौं बालुवाटार र सिंहदरवारको यात्रा शुरु गर्नुभएको हो ।
अभियन्ता नवराजले युवाहरुको आवाज एक हुनुपर्छ, भ्रष्टाचार बन्द गर्नुपर्छ, अहिलेको सरकारको अनियमित र भ्रष्टाचार बिरुद्द खाली खुट्टा अभियान, अहिलेको अनियमित र भ्रष्टाचारमा लिप्त भएको सरकारलाई खबरदारी गर्न यो अभियान चालेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “म अहिलेकै सरकारलाई खबरदारी गर्न मोटरसाईकल र्याली, चोक बन्द, चक्का जाम, बिद्यालय बन्द, अस्पताल बन्द, विद्युत कार्यालय धर्ना जस्ता अराजक गतिविधी म बाट हुदैन । कर्णालीका मुद्दा कृषि, शिक्षा, स्वास्थ्य, उर्जाका नाममा गरिने भ्रष्टाचार विरुद्द यो खाली खुट्टा अभियान म एक्लोले शुरु गरेको हुँ । मेरो यो खाली खुट्टा पैदल यात्रा अभियान प्रधानमन्त्री कार्यालय सिंहदरवार र बालुवाटारमा पुगेर अभियानको त्रिकोणिय संगम तोड्ने दवाब हुनेछ ।”
अभियन्ता नवराजलाई खाली खुट्टा पैदल यात्राका क्रममा विभिन्न जिल्लाका सामाजिक अभियन्ताहरुले सहयोग गर्नुभएको थियो ।






Prawash Kumar Shakya । २ असार २०८२, सोमबार १७:४६ बजे