तरुणदल सुर्खेतका क्षेत्रीय सचिब ढकाल माथी साघातिक आक्रमण


 

सुर्खेत,नेपाल तरुणदल सुर्खेतका क्षेत्रीय सचिब नबराज ढकाल सहित पाँच जना माथी साघातिक आक्रमण सहित लुटपाट भएको छ ।

बिरेन्द्रनगर देखि बिबाहका लागि पन्चपुरी नगरपालिका जाने क्रममा खम्बागाड नजिकै साघातिक आक्रमण गरि लुट्पाट गरिएको हो ।

आक्रमणबाट बिरेन्द्रनगर ११ बस्ने नबराज ढकाल , ओमप्रकाश ढकाल, लोक प्रसाद चपाई , शिबराज ढकाल, प्रकाश ढकाल घाइते भएका हुन । घाइते सबैको क्षेत्रीय अस्पताल कालागाउमा उपचार भैरहेको नेपाल तरुण दल सुर्खेतका अध्यक्ष हरि बिष्टले बताए । घाइते सबैलाई टाउको ,हात खुट्टामा चोट लागेको छ।

घरेलु हतियार सहित लुट्पाट गर्ने उदेश्यले खम्बागाड जगलमा बसेका पन्च्पुरी नगरपालिका ८ बस्ने सन्तोश खड्का , हेमन्त रावल ,नेत्र कर्की र देव बहादुर रावतले आक्रमणगरि लुट्पाट गरेको क्षेत्रीय सचिब नबराज ढकालले बताए । बिच जगलमा हतियार देखाएर लुट्न खोज्दा समान्य बिबाद भयो,एक्कासि हामिमाथी आक्रमण गर्न थाले हतियार सहित आक्रमण गरेपछि हामी भागेर इलाका प्रहरी कार्यालय पुगेर ज्यान बचाउन सफल भयौ, घाईते ढकालले भने,।
यसैबीच घट्नाको निन्दा गर्दै नेपाल तरुणदल सुर्खेतका अध्यक्ष हरि बिष्टले आक्रमण गर्ने हेमन्त रावल सहित अन्यलाई तत्काल प्रकाउ गरि कर्बाही गर्न प्रहरीलाई आग्रह गरेका छन । पट्क पटक तरुण सथिहरुमाथि नियोजित रुपमा आक्रमण भैरहेको छ, हामी सम्यम भयका छौ ,न्याय मागिरहेका छौ , अब पनि दोषीहरु लाई कर्बाही नभए नेपाल तरुणदल चुप लगेर नबस्ने बताए ।
यता जिल्ला प्रहरी कार्यालय सुर्खेतले आक्रमणकारीको खोजिकार्य भइरहेको जनाएको छ । सबै फरार भएका छ्न उनिहरुलाई खोजी गरि तत्काल पक्राउ गरिने समेत प्रहरीले बताएको छ ।
सोही ठाँउमा केही दिन अघि हेमन्त रावतकै टोलिले आक्रमण गर्दा पनि दुईजना गम्भीर घाइते भएका छन । उनिहरुको लखनउमा उपचार भैरहेको समेत प्रहरीले बताएको छ ।

साभारः देउती खबर ।

लुट्पाट सहित आक्रमण गरि फरार भएका हेमन्त रावत ( फोटो सहित )