वीरेन्द्रनगरमा अटो एम्बुलेन्स सेवा सञ्चालनमा


२९ बैशाख, सुर्खेत । कोरोना भाइरस कोभिड १९ को दोश्रोचरणको लहर तिब्रगतिमा फैलँदै गर्दा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा अटो एम्बुलेन्स सेवा शुरु गरिएको छ ।

कोभिडको समयमा सार्वजनिक सवारी चल्न बन्द भएर वा समय एम्बुलेन्स नपाएर स्वास्थ्य संस्था जान नपाएकाहरुको अवस्थालाई ध्यानमा राख्दै ३ वटा अटो एम्बुलेन्स सेवा शुरु गरिएको हो ।

निषेधाज्ञाको समयमा २४ सै घण्टा अटो एम्बुलेन्स सेवा शुरु गरिएको सामाजिक सञ्जाल फेसबुकको समूह Hello Pradesh Nepal का एडमिन हज्जु अलिले बताउनुभयो । उहाँले भन्नुभयो “सामाजिक सञ्जालका अन्य समूह मोटे ग्याङ्ग नेपाल, तनाव छ जिन्दगी, कोभिड जित्दैछ कर्णाली लगाएका समूहको समन्वय र सहकार्यमा अटो एम्बुलेन्स सेवा शुरु गरेका हौं ।”

अटो एम्बुलेन्स सेवा लिनकालागि ९४८१२०००८ – ९८०२४५०७०५ – ९८२२४५१७८६ – ९८१९५११०२२ मा फोन गर्न सकिने छ ।