
६ बैशाख, काठमाडौं । कालिकोट घर भई काठमाडौं उपत्यकाको भक्तपुरदेखि थानकोटसम्म काम तथा पढाई शिलशिलामा बसेकाहरुलाई खाद्यान्न सहयोग गरिएको छ ।
लकडाउनका कारण बेखर्ची भएकाहरुलाई राहत स्वरुप ब्यक्तिगत खर्चमै नेपाली काँग्रेसका यूवा नेता भुपेन्द्रजंग शाहीले घरघरमै पुगेर खाद्यान्न वितरण गर्नुभएको हो । कालिकोटबाट काठमाडौंमा आएर मजदूरी गर्ने, विद्यार्थी तथा बिरामीहरुलाई २५ किलोको चामल, १ दाल र तेल दिनुभएको हो । उहाँले कालिकोटका दैलेख, मुगु, सुर्खेत, जाजरकोट घर भएका २ सय परिवारलाई खाद्य सहयोग गर्नुभएको छ ।
अँझै विपतीको सामना गर्नुपर्ने दिनहरु आउने भएकाले आफुले सकेजती सहयोग गर्ने उद्घोष शाहीले गर्नुभयो । ‘भाडामा बसेकाहरुलाई निस्कन गाह्रो भएका बेला घरमै पुगेर खाद्यान्न सहयोग गरियो ।’ नेपाली काँग्रेसका यूवा नेता शाहीले भने, यो विपतीका बेला जस्ले जे जे सहयोग गर्न सकिन्छ त्यही गर्नुपर्छ ।’



Milan Shrestha । ६ बैशाख २०७७, शनिबार २१:५३ बजे