नेपाल स्वयंसेवी रक्तदाता समाज, काठमाडौं महानगर कार्यसमिति गठन


काठमाडौं, भाद्र ३१: नेपाल स्वयंसेवी रक्तदाता समाजको काठमाडौं महानगरपालिका कार्यसमिति गठन गरिएको छ । एक विशेष भेलामार्फत राम रञ्जितको अध्यक्षतामा काठमाण्डौं महानगरपालिका कार्यसमिति चयन गरिएको हो ।

समाजका केन्द्रीय अध्यक्ष तथा नेपालका सर्वाधिक शतक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले उपाध्यक्षमा श्याम मुनिकार, सचिवमा राजेश मानन्धर, र कोषाध्यक्षमा नीरू महर्जनलाई चयन गरेको छ । यसैगरी, प्रचण्ड कारञ्जित, सुरेश सिलाकार, सुजिता अधिकारी, विनोद खड्गी र मैञा महर्जन सदस्यमा चयन हुनुभएको छ ।

भेलाको अध्यक्षता नेपाल स्वयंसेवी रक्तदाता समाज, काठमाडौं जिल्लाका अध्यक्ष राधाकृष्ण तण्डुकारले गर्नुभएको थियो। कार्यक्रममा स्थानीय समाजसेवी प्रकाश लाल श्रेष्ठ र कृष्ण शाहीको पनि उपस्थिति रहेको थियो ।