कालिकोटका पत्रकारहरुलाई राहत वितरण


७ बैशाख, कालिकोट । कोरोना भाइरस (कोभिड-१९) को कारणले देश लकडाउनमा रहेको बेला कालिकोट जिल्लामा रहेका क्रियाशील पत्रकारहरुलाई राहत बाँडिएको छ ।

गाँँउबाट जिल्ला सदरमुकाम आएर डेरामा बसी पत्रकारीता गर्ने जिल्लाका बिभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुलाई नुन, तेल र खाद्यान्न राहत बाँडीएको हो । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश सदस्य बिस्नप्रसाद न्यौपानेको पहलमा नेपाल तरुण दल कालिकोटका कार्यबाहक अध्यक्ष तथा हाला अमेरीका निवासी राजकुमार हमाल, जिल्लाका युवा व्यवसायीहरु दिनेश शाही, नमराज बुढा र उद्धव बरालको सहयोगमा जिल्लाका क्रियाशील २१ जना पत्रकारहरुलाई राहत बितरण गरिएको हो ।

आज आईतबार नेपाल पत्रकार महासंघको शाखा मार्फत सबै पत्रकारहरुलाई १ कठ्ठा चामल, १ एक पोका नुन र तेल बितरण गरिएको छ । अमेरीका निवासी तरुण नेता हमालले बिश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको महामारी रोक्न लकडाउन भईरहेका बेला गृह जिल्लाका पत्रकारहरुलाई समस्या नहोस भन्ने उद्देश्यले सहयोग गरेको बताउनुभयो । उहाँले जिल्लाका ग्रामिण स्तरमा समस्यामा परेका नागरिकहरुका लागि पनि आफुले सक्दो सहयोग गर्ने बताउनुभयो ।

यस्तै युवा व्यवसायी दिनेश शाहीले विपद्को समयमा आफ्नो ज्यानको जोखिम मोलेर नागरिकलाई सु­सुश्चित गर्न फिल्डमा खटिने पत्रकारहरुलाई समस्या नपरोस भनेर सहयोग गरेको बताउनुभयो । उहाँले सत्यतथ्य सूचना जनतालाई दिएर सुरक्षित भएर काम गर्न आग्रह गर्नुभयो । आफुहरुले आफ्नो व्यक्तिगत खर्च कटाएर पत्रकार साथीहरुलाई सहयोग गरेको उहाँले बताउनुभयो ।

अर्का युवा व्यवसायी नवराज बुढा र उद्धव बरालले आफुहरुले सधै दुखी, पीडित नागरिकको पक्षमा कलम चलाउने श्रमजीवी पत्रकारहरुलाई समस्या नहोस भनी सहयोग गरेको बताउनुभयो । उहाँहरुले जिल्लाका बिकट बस्तीमा रहेका समस्या उजागर गरी नागरिकका हितमा सूचना सम्प्रेषण गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष तुलाराम पाण्डेले विपद्का बेला ज्यान जोखिममा राखी फिल्मा काम गर्ने पत्रकार साथीहरुलाई सहयोग गरी ठुलो सहयोग गरेकोमा सहयोगी सबैलाई धन्यबाद दिनुभयो ।

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश सदस्य बिस्नप्रसाद न्यौपानेले डेरामा बसी पत्रकारीता गर्नुको पीडा आफैले पनि भोग्नु परेकाले पत्रकार साथीहरुलाई राहत बितरण गर्नका लागि पहल गरेको बताउनुभयो । उहाँले भन्नुभयो, आफुले विगत १४ बर्षदेखी डेरामा बसी पत्रकारीता पेशामा क्रियाशील रहदा भोग्नु परेको पीडालाई मध्यनजर गरी सहकर्मीहरुलाई राहत जुटाएको हुँ । बिशवभरी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको रोक थामका लागि सरकारले लकडाउन अवधि बढाईरहेका बेला पत्रकारहरुलाई समस्या नहोस भनेर सहयोगी मनहरुलाई आग्रह गरे र साथीहरुले यो कार्यमा सहयोग गरेकोमा सम्पूर्ण साथीहरु धन्यवाद दिन्छु ।