चैत्र ११, सुर्खेत ।
आज रामनवमी पर्व । चैत्र शुक्ल पक्ष नवमी । मर्यादा पुरुषोत्तम भगवान् श्रीरामचन्द्रको जन्मदिन पनि । आज सरकारी विदाको दिन पनि । रामनवमी अर्थात चैते दशैं राष्ट्रिय चाड पनि ।
रामनवमीका दिन भगवान रामको पूजापाठ एवम् आराधना गरेमा ‘श्री’ प्राप्त हुन्छ भन्ने शास्त्रीय मान्यता अनुरुप पुजापाठ गरीन्छ ।
भगवान रामको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको भएको हो । त्रेता युगमा मर्यादा पुरुषोत्तम राम सूर्यवंशी राजा दशरथले गरेको पुत्रेष्टि यज्ञको प्रसादस्वरूप दशरथकी जेठी रानी कौशल्यावतीको गर्भबाट जन्मिएका हुन् । रामले मिथिलाका राजा जनकको प्रतिज्ञाअनुसार शिवधनु भाँचेर सीतालाई पत्नीका रूपमा प्राप्त गरेकाहुन् । सीतालाई हिन्दूहरूले लक्ष्मीको साक्षात् रूप मान्दछन् भने रामलाई क्षितिपालक भुषण परमात्माका स्वरूप मान्दछन् । मर्यादा पुरुष श्रीराम पितृ वचन पालन गर्नेहरूमध्ये एक अग्रणी पनि मानिन्छन् ।



Milan Shrestha । ११ चैत्र २०७४, आईतवार ०१:३२ बजे