सुर्खेतमा तीन दशक यताकै पहिलो चिसो


अत्याधिक बढ्दै गएको चिसोबाट बच्नका लागी वीरेन्द्रनगर बजारमा आगो ताप्दै स्थानियहरु । तस्विरः ईन्द्र शर्मा फेसबुक ।

फागुण,१५ सुर्खेत । सुर्खेत जिल्लामा तीन दशक यताको सबैभन्दा जाडो आज भएको छ । गत राती देखि परेको अविरल बर्षाका कारण वीरेन्द्रनगरको सदरमुकामको पूर्व उत्तरमा अवस्थित पाहाडहरुका हिउ परेका कारण सुर्खेतमा अत्याधिक चिसो भएको स्थानिले ईन्द्र शर्माले जानकारी दिनु भयो । शर्माका अनुशार यसै गरी भोली पनि यसै गरी चिसो रहेमा बजारको आसपासमा आगो ताप्नेको व्यवस्था समेत गरिने भएको छ ।