बाँकेमा थप ७ जना नयाँ कोरोना संक्रमित


२३ वैशाख, काठमाडौं । कोरोना भाइरसक (कोभिड-१९) को संक्रमणबाट नेपालमा ८२ जना संक्रमित भएका छन । बाँकेको नेपालगञ्जमा थप ७ जना कोरोना संक्रमित भेटिए पछि ८२ जना पुगेको हो ।

नयाँ सातै जना संक्रमित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का भएको मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका बताउनुभयो । उहाँका अनुसार ४ जना महिला र ३ जना पुरुष रहेका छन् ।

संक्रमितहरु ९, ३२, ३४ र ५५ वर्षका महिला तथा २२, ३० र ४० वर्षका पुरुषहरु रहेका छन् संक्रमितहरुको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

यसैवीच कर्णाली प्रदेश सरकारले बाँकेसँग सिमाना कोरोना संक्रमण रोकथामका लागि सबै नाका सिल गरेको छ । कर्णाली प्रदेशमा हालसम्म कोरोना संक्रमण पुष्टि भएको छैन ।