४ चैत्र, सुर्खेत । ‘समाजवादी कानुन र धार्मिक कानुन प्रणाली सम्बन्धी बादविवाद सुर्खेत ।कानुन विषय अध्ययन गरीरहेका विद्यार्थीहरुका बीच सोमबार वीरेन्द्रनगरमा बादविवाद प्रतियोगिता सम्पन्न भएको छ ।
वीरेन्द्रनगर ३ तातापानीमा रहेको एड्भान्स वेटर ईङ्गिलस मेडियम सेकेण्डरी स्कुलमा कक्षा ११मा अध्ययनरत विद्यार्थीहरुका बीचमा ‘समाजवादी कानुन प्रणाली भन्दा धार्मिक कानुन प्रणाली उत्कृष्ट’ विषयक बादविवाद प्रतियोगिता सपन्न भएकोछ । ‘नेपाली कानुन प्रणाली’ विषय अन्तरगत सोमबार प्रयोगात्मक प्रस्तुतीकरण कार्यक्रम अनुरुप ।
बादविवाद प्रतियोगिताको आयोजना गरिएको थियो । प्रतियोगितामा सहभागीकुल २० जना विद्यार्थीहरुलाई उछिन्दै प्रकाशराज उपाध्यायले प्रथम स्थान हासिल गरेकाछन् भने द्वितीय स्थान रश्मी शाही, तृतीय स्थान र सान्तवना स्थान अञ्जली रानाले हासिल गरेकी छन् ।
प्रतियोगिताका विजेता हरुलाई पुरस्कार र प्रमाण पत्र विद्यालयका शिक्षक एंव अधिवक्ता गीता कोईराला, अधिवक्ता हस्तराज रेग्मी र प्रबन्ध निर्देशक जीवन शाहीले प्रदान गरेका थिए । प्रतियोगिता विद्यालयकै छात्रा पार्वती विष्टको संचालन र शक्ति शाहीको सभापतित्वमा सम्पन्न भएको हो ।



Milan Shrestha । ४ चैत्र २०७५, सोमबार २२:०६ बजे