नेपाललाई पहिलो झड्का ।


तस्विरः गुगलबाट ।

काठमाडौं : मलेसियामा जारी एसीसी एसिया कप छनोट अन्तगरगत पाँचौ खेलमा अहिले नेपाल हङकङसँग प्रतिस्पर्धा गर्दै छ ।  नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

पहिलो ओभरको दोस्रो बलमै सुवास खकुरेल बोल्ड भएका छन । ब्याटिङका लागि पारस अाएका छन् ।

पहिलो खेलमा ओमानसँग ७ विकेट र दोस्रो खेलमा युएईसँग ७८ रनले पराजित भएको नेपालले तेस्रो खेलमा आयोजक मलेसियामाथि १९ रनको जित निकालेको थियो । चौथो खेलमा सिंगापुरलाई ४ विकेटले पराजित गरेको थियो ।

नेपाललाई फाइलनमा स्थान बनाउँदै एसियाकपमा छनोटको सम्भावना कायम राख्न हङकङलाई जित्नैपर्ने हुन्छ । अर्काे खेलमा ओमानले यूएईलाई पराजित गरे मात्रै नेपालको अघि बढ्ने सम्भावना रहन्छ ।

साभारः अन्नपूर्ण पोष्ट ।