गणेशजल सहकारीको खाताबाट बैंकमा रकम ट्रान्सफर गर्ने सुविधा शुरु



१५ बैशाख, सुर्खेत । वीरेन्द्रनगर ३ जुम्लारोडमा मुख्य कार्यालय रहेको श्रीगणेशजल बहुउदेश्यीय सहकारी संस्था लि.ले पश्चिम नेपालको सहकारी इतिहासमै पहिलोपटक सहकारीको खाताबाटै बैंकमा रकम पठाउने सुविधाको सुरुवात गरेको छ ।

नयाँ नयाँ प्रविधि भित्राउँदै सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्दै आएको संस्थाले थप नयाँ सेवा सुरुवात गरेको हो । संस्थाका सदस्यहरुले सरल, सहज र सुरक्षित तबरबाट सेवा दिने उद्देश्य अनुसार नयाँ प्रयोग सुरु भएकोे संस्थाका सदस्यहरु खुशी भएका छन् ।

सदस्यले आफ्नो खाताबाट विभिन्न बैंक तथा वित्तीय संस्थामा विना झण्झट् घरमै बसि रकम ट्रान्सफर गर्न सक्ने सहकारीले जनाएको छ । सहकारीको खाताबाट बैंक तथा वित्तीय संस्थाको खातामा रकम पठाउन सकिने सुविधा पश्चिम नेपालमै पहिलो पटक श्रीगणेशजल सहकारीले सुरुवात गरेको संस्थाका अध्यक्ष प्रेमकुमार वि.सीले जानकारी दिनुभयो ।

‘प्रविधि मार्फत हुने कारोबारलाई सहकारीले विगत देखि नै प्राथमिता दिदैं आएका छ अध्यक्ष वि.सीले भन्नुभयो, सोही क्रममा सदस्यलाई थप नयाँ सेवा सुरु गरेका हौं । सदस्यहरु बैंकमा लाईन लागेर घण्टौ समय बवार्द भएको देखेका छौ, कतिपयले बैक जाने कर्मचारीनै राखेको देखेका छौ त्यसैले घरमै बसेर सम्र्पुण कारोबार गर्न सकिने भएकाले समयको बचत सँगै सुरक्षित कारोबार हुने उहाँको भनाई छ ।

सदस्यहरुले गणेशजल स्मार्ट एप र ई–बैंकिङ मार्फत यो सुविधा लिन सक्नेछन । त्यस्तै सदस्यहरुले आफ्नो खाताबाटै विभिन्न वालेट खातामा पनि रकम लोड गर्न सकिने उहाँको भनाई छ । साथै सदस्यहरु घरमै बसेर संस्थामा आफ्नो शेयर रकम, चल्ती, आवधिक, मासिक, मुद्धति लगायतका विवरण हर्ने सकिनेछ , एक सदस्यवाट अर्को सदस्यमा रकम ट्रान्फर, ब्यालेन्स जानकारी, बचत र कर्जाको विवरण हेर्न, मोवाईल, लेण्डलाईन, एडिसिएल, ईन्टरनेट, डिस होम, सिम टिभि, मेरो टिभि, त्यस्तै विजुलीको विल तिर्न, खानेपानी बिल तिर्न, हवाई टिकट काट्न, नेपालभरका बैक, तथा वित्तिय संस्थाहरुको क्यु आरमा भुक्तानी, बिमाको प्रिमियम तिर्न, स्कूल बिल तिर्न पनि घरबाटै सक्नेछन ।

त्यस्तै संस्थाले एटिएम सेवा पनि प्रदान गर्दै आएको छ । संस्थाको एटिएम नेपालको जुनसुकै बैंक तथा वित्तीय संस्थाको एटिएम बुथबाट रकम निकाल्न सकिन्छ ।
साथै संस्थाले संचालन गरेको मिस्डकल बैकिङ्ग सेवा सदस्यको लागि अति उपयोगी भएको छ । सदस्यले आफुले संस्थाले दिएको मोवाईल नम्वरवाट ऐच्छिक बचत वारे जानकारी लिन ९८२२५८०००५ र रु. १०० को रिचार्ज गर्न ९८२२५९०००५ मा एक पटक मिस्डकल गर्नुपर्ने संस्थाका प्रवन्धक रंगा बहादुर सिंहले जानकारी दिए ।

संस्थाका झण्डै २ हजार सदस्यले मोबाईल बैंकिङ सेवा लिएका छन ।