पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो, खाना पकाउने ग्यास प्रतिसिलिण्डर १८००


८ जेठ, काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ । (आज) आइतबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजल र मट्टीतेल र खाना पकाउने ग्यासमा भारी मूल्यवृद्धि गरिएको आयल निगमले जनाएको छ ।

मूल्यबृद्धी संगै अब एक लिटर पेट्रोलको १ सय ८० रुपैयाँ पर्नेछ भने मट्टीतेल र डिजलको रु १ सय ६३ रुपैयाँ  बृद्धी भएको छ त्यस्तै खाना पकाउने एलपी ग्याँसको मूल्यमा पनि प्रतिसिलिण्डर २०० रुपैयाँ बढेर १८ सय पुगेको छ ।

यस्तै हवाई इन्धन (आन्तरिकतर्फ) १० रुपैयाँ वृद्धि गरेर प्रतिलिटर १६६ रुपैयाँ तोकिएको नेपाल आयल निगमले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएकाले यो मूल्य समायोजनपछि पनि पेट्रोलमा मासिक १ अर्ब, डिजलमा ३ अर्ब ४० करोड र एलपी ग्याँसमा ३ अर्ब घाटा हुने देखिएको निगमले दाबी गरेको छ ।