अर्थ मन्त्रालयलाई ८ बुँदे मागपत्र पेश


१७ बैशाख, सुर्खेत । विश्वव्यापी फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को कारणले देश यतीवेला लकडाउनमा छ ।

यही लकडाउनको अवधिमा व्यवसायीहरु मारमा परेको भन्दै सुर्खेत उद्योग वाणिज्य संघले प्रमुख जिल्ला अधिकारी मार्फत अर्थ मन्त्रालयलाई ८ बुँदे मागपत्र बुझाएको छ । संघले मागपत्रमा लकडाउनको अवधी भरको ब्याज पुर्णरुपमा मिनाहा गर्नुपर्ने माग राखेको छ।

त्यस्तै कोरोना भाईरस रोकथामको लागी सरकारले गरेको लकडाउनका कारण व्यवसायीहरु धरापमा परेको भन्दै राज्य उठाउने कर तथा शुल्कहरु छुट गर्न माग गरेको हो। लकडाउनले पारेको प्रभावबारे विस्तृत अध्ययन तथा राहत एवम सहयोगको प्याकेज निर्धारण गर्न निजिक्षेत्रको समेत सहभागितामा उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गरेको छ।

यस्तै यो अवधिमा बन्द रहेका उद्योग प्रतिष्ठानहरुलाई नगद अनुदान तथा लकडाउनको अवस्थासम्मको लागी श्रमिक, कर्मचारीको तलब भुक्तानीका लागी पचास प्रतिशत आर्थिक अनुदान दिन मागपत्रमा उल्लेख छ । कृषि, उर्जा, पर्यटन, र पुर्वाधार विकास लगायतका क्षेत्रलाई प्रथामिकता दिनुपर्ने लकडाउन हटेको छ महिना पछि मात्र कर बुझाउनर् व्यस्था मिलाउनु मागपत्रमा उल्लेख गरिएको छ ।

संघका अध्यक्ष धनवहादुर रावत र महासचिव लक्ष्म कंडेलद्वारा हस्ताक्षर मागपत्रमा घरधनिलाई मार नपर्ने गरेर घरभाडा मिनाहाका लागी नीतिगत निर्णय लिनुपर्ने माग गरिएको छ। संघले व्यवासींहरुको समस्या समधानको लागी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत ध्यानआकर्षण गराएको छ। संघका महासचिव कंडेलले साना खुद्रा व्यापारी देखी सबै व्यवसायी नै धरासयी अवस्थामा पुगेको भन्दै राज्यको ध्यान यसर्तफ जानुपर्ने उल्लेख गर्नुभयो ।