नेपालगंजमा स्थानीय र प्रहरी वीच झडप


२३ बैशाख, बाँके । जिल्लाको नेपालगन्ज त्रिवेणी मोड नजिक स्थानीय र प्रहरीबीच झडप भएकोछ । स्थानीयले लकडाउनको उल्लङघन गरेपछि झडप भएको बताइएको छ ।

आक्रोसित स्थानीयले वडा प्रहरी कार्यालयको बा १ झ ८२८४ नम्बरको पीकअप गाडी तोडफोड गरेका छन् । गाडीको सीसा, झ्याल लगायतमा क्षति पुगेको छ ।लकडाउनको समयमा लागेको भीड हटाउन खोज्दा प्रहरी र स्थानीयबीच विवाद बढेपछि उत्पन्न परिस्थितीका कारण प्रहरी र स्थानीयबीच झडप भएको हो ।

आक्रोशित स्थानीयलाई साम्य गराँउदा उनीहरुले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । लगत्तै जिल्ला प्रहरी कार्यालय बाँकेले ठूलो मात्रामा प्रहरी परिचालन गरि भीड नियन्त्रणमा लिने काम गरेको छ । अहिले बन्दोबस्तका साथ ठूलो मात्रामा प्रहरी परिचालन गरिएकोछ । झडपमा स्थानीय र केही प्रहरी घाईते समेत भएको बताइएको छ ।

बिस्कोरियन टोल त्रिवेणी मोडमा रहेको संजय किराना स्टोर्सका संचालक ५७ वर्षीय शिव कुमार बानियालाई प्रहरीले कुटपिट गरेपछी झडप भएको स्थानीयको भनाइ छ । बाँके प्रशासनले आज विहान बिहान ११ बजेदेखि २५ गतेराती १२ बजेसम्म नेपालगञ्ज उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गरेको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र आवश्यक स्वाब परीक्षणमा संलग्न जनशक्तिबाहेकलाई घर बाहिर निस्किन पनि रोक लगाएको अवस्थामा त्रिवेणी मोडमा खाद्यान्न पसल गर्दै आएका रवि गुप्ताले पसल खोल्न पाउनुपर्ने भन्दै एक्कासि प्रहरीमाथि हातपात गरेको बताइएको छ । प्रहरीले गुप्तालाई सामान्य बल प्रयोग गरेर नियन्त्रणमा लिएको बाँकेका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिनुभयो ।

बाँके प्रशासनले नेपालगन्जमा निशेधाज्ञा लागु गरेकै दिन स्थानीयले निशेधाज्ञा उल्लंङघन गर्दै आन्दोलनमा उत्रिएका हुन् । आज मंगलबार मात्रै नेपालगन्जमा थप ७ जनामा कोरोना पोजेटिभ पाइएकोछ । यो सगै नेपालगन्जमा कोरोना संक्रमित संख्या २३ पुगेकोछ ।