
५ पौष, सुर्खेत । अटोमोबाइल्स व्यावसायीहरुको एक भेला कर्णाली प्रदेश अटोमोबाइल्स एसोशिएसन अफ नेपालको तदर्थ समिति गठन गरेको छ ।
भेलाले सुर्खेत उद्योग बाणिज्य संघका कोषाध्यक्ष एवं बुलबुले अटो सेल्सका प्रोप्राइटर भद्र भण्डारीलाई सर्वसम्मत तदर्थ समितिको अध्यक्षमा चयन गरेको छ ।
त्यस्तै भेलाले चारपाङ्ग्रे सवारी विक्री तर्फबाट उपाध्यक्षमा सैयदअली अन्वर, दुइपाङ्ग्रे सवारी विक्री तर्फबाट उपाध्यक्ष गोविन्द पौडेललाई र विभिन्न सवारीका पार्टस विक्री तर्फबाट रमेश पौडेललाई चयन गरेको छ भने महासचिवमा प्रकाश शाही, सचिव इन्द्रबहादुर खड्का, कोषाध्यक्ष सुशिल रेग्मी र सदस्यहरुमा राजु शर्मा र यामलाल आचार्यलाई चयन गरेको छ ।



Prawash Kumar Shakya । ५ पुष २०७७, आईतवार १९:२२ बजे