१३ जेठ, सुर्खेत । कोरोना भाइरसक (कोभिड-१९)को संक्रमण आज एकैदिन ९० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको कुल संख्या ७७२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा ३५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
महोत्तरीको मनरा गाउँपालिका–१० का ३० र ३५ वर्षीय पुरुष, जुम्ला घर भई बारामा कार्यरत ३५ र ३६ वर्षीय पुरुष र बाराको पचरौतामा १९, ३० र ३५ वर्षीय पुरुष रौतहटमा २२ संक्रमितहरु थपिएकाछन्
यस्तै सिराहाको नवराजपुर गाउँलिकाका १८ वर्षीय पुरुष, भगवानपुर गाउँपालिकाको ४ जना पुरुष धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाका २२ वर्षीय पुरुष कपिलवस्तुको यशोधरा गाउँपालिका १, २ र ८ का २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै बाँकेमा ८ जनामा संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा गरिएको परीक्षणमा नेपालगञ्ज उपमहानगरपालिका-२ का २२ वर्षीय पुरुष, डडुवा–१ का २० वर्षीय पुरुष, डडुवा–२ का २१, ३६ र ४० वर्षीय पुरुष, राप्ती सोनारी–३ का ४६ वर्षीय पुरुष, , राप्ती सोनारी–९ का ३८ वर्षीय पुरुष र बैजनाथ–३ का ३० वर्षीष पुरुषमा संक्रमण देखिएको हो ।
रुपन्देहीको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तु मायादेवी—७ का २२ र ५० वर्षीय पुरुष, अर्घाखाँचीको पाणिनी गाउँपालिकाका १९ र ४३ वर्ष, गुल्मी धुर्कोटका २ पुरुष र रुपन्देही अस्पतालका २२ वर्षीय पुरुष अछामका एक/एक जनाको रिपोर्ट पोजेटिभ आएको छ । त्यस्तै स्याङ्जा बालिङका २० र २९ बर्षका पुरुषमा संक्रमण देखिएको हो ।
यता कर्णाली प्रदेशमा कोरोना भाइरसक (कोभिड-१९)को संक्रमण तिब्रगतिमा बढेको छ । आजविहानै कोरोना संक्रमितको संख्या थप १२ जना भएको सामाजिक सञ्जाल फेसबुक मार्फत कर्णाली प्रदेश अस्पतालका मेसु डा. डम्मर खड्काले जानकारी दिनुभएको छ । यो संगै कर्णालीमा कोरोना संक्रमित संख्या २३ जना पुगेको छ ।
बंबई, सुव्बाकुना र घण्टाघरमा रहेको क्वारेन्टाइनमा बसेकाहरूबाट संकलन गरिएको स्वावको परिक्षण गर्दा पीसीआर रिपोर्ट पोजेटिभ आएको बताइएको छ । संक्रमितहरु वीरेन्द्रनगर १, २, ३ र ६ का १६, ९, २०, ३२, ४६, २६ र ३६ बर्षका पुरुष तथा ३२ बर्षिय महिला त्यस्तै भेरीगंगा ८ का १६ र १७ बर्षका पुरुष र सिम्ता गाँउपालिका ४ का ३५ र ३९ बर्षका पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यसैवीच प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्का फेसबुकमा लेख्नुहुन्छ । ‘अस्वस्था भयावह हुँदैछ यदि नेपाल सरकारले बोर्डर मा क्वारेन्टाइन राखेर सम्पूर्ण भारतबाट आउनेलाई नेपाल आर्मी खटाएर राख्दैन र सम्पूर्णलाई केही दिन पछि PCR test गराउँदैन भने। सबैको PCR testing गर्यो भने धेरै केस कोरोना पोजिटिभ देखिने जस्ताे छ। नेपाल सरकारले समयमै बोर्डरमा क्वारेन्टाइनकाे जिम्मा नेपाल आर्मीलाई नदिएमा, भारतबाट कर्णाली प्रदेशमा भित्रिने नेपालीहरुका कारण कोरोनाको अवस्था कर्णाली प्रदेशमा इटालीकाे जस्तो हुनेवाला छ।’



Prawash Kumar Shakya । १३ जेष्ठ २०७७, मंगलवार ०७:३६ बजे