साना किसान सहकारीको १९ औं वार्षिक साधारणसभा


सुर्खेत, २७ कात्तिक ।
साना किसान कृषि सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर–१७ लाटीकोईलीको १९ औं वार्षिक साधारण सभा शनिबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । “एकका लागि सबै र सबैका लागि एक ”भन्ने मुल नाराका साथ साधारणसभा सम्पन्न भएको हो ।
सभामा संस्थाका उपाध्यक्ष मानबहादुर चौधरीले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले विगतमा गरेका विभिन्न कार्यहरुको बारेमा जानकारी दिए । सभामा संस्थाका कोषाध्यक्ष सिता पौडेलले अर्थिक वर्र्ष २०७२÷०७३ सालको २० करोड २१ लाख ६४ हजार ७ सय १२ रुपैयाँ बराबरको आय÷व्यय प्रस्तुत गरिन् । साथै संस्थाले ५३ लाख २ हजार ५४ रुपैयाँ शुद्ध नाफा गर्न सफल भएको जानकारी दिइन् । संस्थाले आगामी आर्थिक वर्र्षको लागि लक्षित २४ करोड १७ लाख ७२ हजार ५ सय ६३ रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको छ । लेखा समिति संयोजक मिलन श्रेष्ठले लेखासुपरीवेक्षण प्रतिवेदन पेश गरेका थिए ।
साधारणसभाको अवसरमा संस्थामा आवद्ध विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको छ । वीरेन्द्रनगर–१३ निवासी ७४ वर्षिया अमृता ढकाललाई कार्यक्रको अवसरमा ज्येष्ठ सदस्यको रुपमा दोसाल्ला सहित सम्मानपत्रले सम्मान गरिएको छ । गत आवमा उत्कृष्ट बचतको कारोबार गर्ने बचत कर्ताद्वोय वीननपा–१६ निवासी गंगादेवी श्रेष्ठ, वीननपा–१४ निवासी बालसरी मल्ल, असल कर्जाको कारोबार गर्ने सदस्यद्वोय  वीननपा– १४ निवासी बुधनी चौधरी, वीननपा–१७ निवासी बीमला श्रेष्ठ र सबैभन्दा बढी शेयर खरिद गर्ने शेयर सदस्यद्वोय वीननपा–१६ निवासी यज्ञकुमारी रावत र वीननपा–१५ निवासी जौकला रावतलाई सम्मान पत्र सहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।
यसैगरी एसएलसी. परीक्षा २०७२ मा सर्वत्कृष्ट अंक ल्याई उतिर्ण हुने सेडा मावि, सुर्खेतका दिलिप पौडेल, अम्मर ज्योती मावि नेवारेका मनिषा विसी र शिब मावि धुलियाविटका रन्जु चपाईलाई जनही २ हजार सहित सम्मान पत्रले सम्मानित गरिएको थियो ।1111
कार्यक्रममा प्रमुख अथिति राष्ट्रिय सहकारी संघका केन्द्रिय सदस्य पदम दाहालले नयाँ सहकारी एने आउने तरखरमा रहेको भन्दै नयाँ ऐनले सहकारी सञ्चालनमा आइपरेका बाधाहरुको समस्या समाधान गर्ने बताए । उनले सहकारी गरिबको सहयात्री भएकोले सबैले सहकारीमा आवद्ध भई खेर जाने सानो पुजीँलाई बचत गर्नुका साथै दैनिक जीवनस्तर उकास्नमा प्रयोग गर्न आग्रह गरे । साथै जिल्लामा रहेका सम्पूर्ण बहुउद्देश्यीय सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुलाई बिभिन्न सिपमूलक साथै आयं–आर्जन मूलक तालिमहरु दिनुपर्नेमा जोड दिए, यसो गर्न सकिएमा मात्र हरेक सहकारी संस्थाहरु बलियो भएर कारोवार गर्न सक्ने जानकारी दिए । कक
साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष नरेन्द्रनाथ योगीको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजसेवी एवंम् बुद्धिजीवी डम्मरबिक्रम जिसी, गणेशबहादुर वली, बिधाभुषण मानन्धर, साना किसान विकास बैंक नेपालगञ्जका प्रतिनिधि लक्ष्मि थापा, साना किसान कृषि सहकारी संस्था ली. उत्तरगंगाका प्रबन्धक चित्र प्रसाद रेग्मी, संस्थापक अध्यक्ष शान्ता ढकाल, उपकार बहुउद्देश्यीय सहकारी संस्थाका मानबहादुर चौधरी, बौद्ध ग्रामिण बहुउद्देश्यीय सहकारी संस्थाका बरिष्ठ प्रबन्धक बिशाल के.सी, शिब बिहार बचत तथा ऋण सहकारी संस्थाका सचिव शुभाष श्रेष्ठ र शिबबिहार पुस्तकालयका कोषाध्यक्ष लगाएतले मन्तव्य राखेका थिए ।
साना किसान कृषि  सहकारी संस्थाका प्रबन्धक माया  श्रेष्ठले सहजीकरण गरेको सो कार्यक्रममा संस्थाका अन्तर समुह अध्यक्ष रुक्मणी रावतले स्वागत मन्तव्य दिएकी  थिइन ।
सभाको अवसरमा सहकारी संस्थाको दीर्घकालीन स्थायीत्व र भौतिक पूर्वाधार निर्माणका लागि आवश्यक पर्नै जग्गा उपलब्ध गराउनका लागि वीरेन्द्रनगर नगरपालिकाको संयुक्त वडा कार्यालय संग समन्वय गरी संस्थाको हितमा योगदान पुर्याएको भन्दै समाजसेवीहरु डम्मर बिक्रम जि.सी, गणेशबहादुर वली र बिधाभुषण मानन्धरलाई सम्मान पत्र सहित दोसल्ला ओडाएर सम्मानित गरिएको थियो ।