वीरेन्द्रनगरमा भिषण आगलागी (भिडियो सहित)


७ पौष । सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर स्थित वीरेन्द्रनगरको मंगलगढी चोकको बसपार्क छेउमा रहेको पसलहरुमा आज राती करिब ९ः४५ बजे भिषण आगलागी भएको छ ।

आगलागी कसरी भयो भन्ने केही थाहा नभएको स्थानीयले बताएका छन् । आगलागीबाट त्यहाँ रहेका फेन्सी खाजा र तरकारी पसल पूर्णरुपमा जलेको छ ।

आगलागी नियन्त्रणकालागी वीरेन्द्रनगर नगरपालिकाको दमकल तथा कल्याण थापाको माँ काली पानी सप्लायर्सको पानी ट्यांकरको महत्वपूर्ण रहेको थियो । आगलागी अहिले नियन्त्रणमा आइसकेको छ ।

समयः रातको ११ः३६ बजे