अभिकर्ता तथा पुर्नताजकिय तालिम सम्पन्न


अशोक राजी
१८ सुर्खेत

जीवन विमा गर्दा जोखिम बहनका साथै आर्थिक बचत हुने एक कार्यक्रमका सहभागीहरुले बताएका छन ।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सुर्खेत शाखाले शनिवार वीरेन्द्रनगरमा आयोजना गरेको अभिकर्ता तथा पुर्नताजकिय तालिमका सहभागीहरुले यस्तो बताएका हुन ।
तालिममा सुर्खेत शाखाका इन्चार्ज बलबहादुर सिजापतीले विमाका नयाँ व्यवसायका साथै नयाँ बर्ष स्किमहरुका बारेमा सहजीकरण गर्नुभएको थियो ।
नेशनल लाइफले नयाँ नयाँ विमाका योजनाहरु ल्याएकाले विमा गर्दा विमितहरुलाइ धेरै नै फाइदाका विषयमा उहाँले जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा विजनेश म्यानेजर शेर बहादुर विष्टले बजारमा विमाको महत्वका साथै बजारिकरणका बारेमा सहजीकरण गर्नुभएको थियो ।
यसैगरि विजनेश अफिसर योगेन्द्र कार्कीले विमा गरेपछि हुने फाइदा व्यफाइदाका बारेमा जानकारी गराउनुभएको थियो ।
यस्तै कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरु शेर बहादुर विष्ट, युवराज बस्नेत, शोभा बस्नेत, योगेन्द्र कार्कि, गणेश थापा, अमर बहादुर खड्का, मञ्जु चन्द, विशाखर शर्मा लगायतलाइ दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।]
सुर्खेत शाखाका इन्चार्ज बलबहादुर सिजापतीले सहजीकरण गर्नुभएको तालिममा करिब ८० जना नयाँ तथा पुराना अभिकर्ताहरुको सहभागीता रहेको थियो ।