निर्माण सामाग्री पसल खुला गर्नु भेदभावपूर्ण व्यवहार


३१ बैशाख, सुर्खेत । कोरोना भाइरस (कोभिड-१९)को महामारीलाई ध्यानमा राख्दै सरकारले यतीवेला देशलाई लकडाउनमा राखेको वेलामा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा निर्माण सामाग्रीका पसल खुला गर्ने विपद व्यवस्थापन समितिको निर्णय प्रति सुर्खेत उद्योग बाणिज्य संघका विभिन्न वस्तुगत समितिहरुले विरोध जनाएकाछन् ।

बस्तुगत समितिहरुले आज एक प्रेसविज्ञप्ती जारी गर्दै विज्ञप्तीमा व्यवसायीहरुको व्यवसायीक समानता हुनुपर्नेमा अति आवश्यकबस्तुका नाममा निर्माण सामाग्रीका पसलहरु विहान ११ बजेदेखि ४ बजे सम्म खुला गरिने निर्णयले वस्तुहरुको परिभाषामा नै विभेद भएको भन्दै विरोध जनाइएको छ ।

साथै यस्तो निर्णले कोभिड १९ को रोकथाम र नियन्त्रण  नहुने हुँदा उक्त निर्णय सच्याउन विज्ञप्तीमा माग गरिएको छ ।

स्मरण रहोस सुर्खेत उद्योग बाणिज्य संघले हिजो मंगलबार एक सूचना जारी गर्दै निर्माणका सामाग्री ढुवानी गर्न पास लिनकालागि आह्वान गर्दे निर्माण सामाग्रीका पसलहरु खोल्न विहान ११ बजे देखि ४ बजे सम्मको समय तोकिएको बताएको छ । यता निर्माण सामाग्रीका संगै विद्युतीय सामाग्रीका पसल समेत खोलिएका छन् ।

यसैवीच कम्प्यूटर एशोसियसन नेपाल महासंघ (क्यान) सुर्खेतका अध्यक्ष तिलक प्रसाद आचार्यले अहिलेको समयमा सबैलाई आइटीले साथ दिइरहेको समयमा आइटीका क्षेत्रलाई व्यवास्ता गर्नु अन्याय भएको बताउनुभयो ।

यस्तै इलेक्ट्रोनिक बस्तुगत समितिका अध्यक्ष भुवन ज्ञवालीले अहिलेको समयमा नागरिकहरुको मोबाइल लगाएतका सामाग्री खराब भैरहेको अवस्थामा कहाँ बनाउने र यो लडडाउनमा कसरी समय व्यतित गर्ने भैरहेको समयमा अतिआवश्यक बस्तुको व्यापार गर्ने नाममा यो भेदभावपूर्ण निर्णयले दुखित भएको बताउनुभयो ।