पाकिस्तानमा तेल ट्याङ्करमा आगलागी, सयौ सर्वसाधरणले ज्यान गुमाए


एजेन्सीः पाकिस्तानको पञ्जाव प्रान्तको बहलपुर इलाकामा एक तेल बाहक ट्याङ्करमा आगालागी हुँदा कम्तिमा १०० भन्दा बढीको मृत्यु भएको छ । घटनामा एक सय भन्दा धेरै घाइते भएका छन् । ३३ टन तेल बोकेको ट्याङकरमा आगलागी भएको जिओ टि.भी पाकिस्तानले जनाएको छ ।Pakisthan
बहलपुरको स्थानीय अहमद पुर सकिया क्षेत्रमा ट्याङ्करबाट चुहिदै गरेको तेल झिक्न जम्मा भएका स्थानीयहरु ट्यांकरमा आगालागी हुदा जलेर मारिएका हुन् ।

 

स्थानिय प्रत्यक्षदर्शीका अनुसार स्थानीयले पिएको चुरोटबाट ट्याङ्करमा आगो लागेको जिओ टिभीलाइ उदृत गर्दे विविसीले जनाएको छ ।साभारः सेरोफेरो ।