मध्यपूर्वको युद्धले गर्दा सुर्खेतमा ग्यास लिनेहरुको भिड बढ्यो


मध्यपूर्वमा युद्ध हुँदै गर्दा सुर्खेतमा ग्यास अभाव हुने हल्लाले गर्दा भेरी ग्यास कम्पनी सुर्खेतको अधिकृत विक्री केन्द्रमा ग्यास लिनेहरुको भिड लागेको छ ।

भेरी ग्यासको अधिकृत विक्रेता नन्दनी ट्रेडर्सका सञ्चालक विनोद दाहाल भन्नुहुन्छ अब ग्यास आधा सिलिण्डर मात्र आउने खबरले आज ग्यास लिनेहरुको भिड बढेको छ । आज मात्र करिब १८सय सिलिण्डर ग्यास आपूर्ति भएको छ ।