
२ जेठ, कालिकोट । कालिकोट जिल्लाको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले ए एन बि हष्पिटलका लागि निर्माणाधीन आफ्नो चार तले पक्किमा भवनमा क्वारेन्टाइन बनाउनु लाग्नुभएको छ ।
अध्यक्ष बमले विश्वव्यापी फैलिरहेको करोना भाइरस (कोभिड-१९)को महामारीलाई रोकथाम र नियन्त्रण गर्नकालागि आफ्नै व्यवस्थापनमा भारतबाट आउने गाँउपालिकाका नागरिककालागि सुरक्षित र व्यवस्थित तरिकाले क्वारेन्टाइन बनाउन लाग्नुभएको हो ।
अस्पतालका संचालक लालबहादुर रोकाया र गौरिकला बम शाहिले सेवाका लागि निर्माणाधीन भवन सेवाकै लागि प्रयोग गर्न पलाँता सरकारलाई सबै तयारि गरेर दिन लागेको बताउनुभयो । उहाँहरुले भन्नुभयो “यस्मा गाँउपालिकाको कुनै लगानी हुने छैन । हामीले कोरोना भाइरस (कोभिड-१९) यो परिस्थिति साम्य नहुदा सम्म व्यवस्थापन गरि घर प्रयोग गर्न दिन लागेका हौं ।
एटेज बाथरुम सहितका कोठामा जेष्ठ नागरिक र महिलाका लागि र हलहरु अन्यलाई साथै खानाको ब्यबस्थापन गर्ने अध्यक्ष बमले जानकारी दिनुभएको छ । ‘विश्व माहामारिले थिलोथिलो पर्दैछ बिज्ञ , बिशेषज्ञ, जिम्मेवार ब्यक्तित्व र अगुवाहरु समाज कसरी बचाउने भनेर भाईरस नियन्त्रण र निर्मुलको अभियानमा जुटेका छन भने नागरिक आफ्नो ज्यूज्यान कसरी बचाउने पिरलोमा छन आज यस महामारीबाट जोगिन असल शासन, असल छिमेकी, असल मित्र , असल नेतृत्व र असल आफन्तको खाँचो परेको छ । विश्वमा लाखौले ज्यान गुमाई सकेका छन भने करोडौंले भाईरससँग लडिरहेका बेला आफुले यस्तो गर्न लागेको बताउनु भयो ।
Prawash Kumar Shakya । २ जेष्ठ २०७७, शुक्रबार १९:४४ बजे