कोरोना भाइरसको संक्रमित संख्या २ सय ६७ पुग्यो


२ जेठ, सुर्खेत । विश्वव्यापी तिब्रगतीमा फैलिरहेको कोरोनाभा भाइरस (कोभिड -१९) को संक्रमण आज १८ जना पुष्टी भएको छ । यो संगै संक्रमित संख्या २ सय  ६७ जना पुगेको छ ।

आज बेलुका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ती अनुसार थप ९ जनामा कोरोनाको संक्रमण पुष्टी भएको हो । यो संगै आजै नै संक्रमित को संख्या १८ जना पुगेको हो । थप नयाँ ९ जना संक्रमितहरु पर्सा का ९ र १० बर्षका बालक २३ र ४७ बर्षका महिला त्यस्तै उदयपूरका २५ बर्षिय पुरुष, दाङ्गका २३, ३६ र ३४ बर्षका षुरुष र काठमाडौंका ७ बर्षिय बालक रहेको मन्त्रालयले विज्ञप्ती मार्फत जनाएको छ ।