
मिलन श्रेष्ठ
५ जेठ, सुर्खेत । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालयका प्रबन्धक भीमबहादुर थापाले अबका दिन देखि खाद्य कम्पनीबाट सेवा लिंदा दृष्टिबिहीन, अपाङ्ग र बृद्धहरु लाईनमा बस्नु नपर्ने बताउनु भएको छ ।
हाल लिमिटेडको सुर्खेत स्थित गोदाममा ६ हजार ६ सय क्वीन्टल चामल अझै मौज्दात रहेको र उक्त चामलले अझै ३१ दिन पुग्ने बताउनु हुन्छ प्रवन्धक थापा । यस प्रदेश अन्तर्गत रहेका २७ वटा डिपोमा कहि पनि संकट नरहेको बताउँदै प्रवन्धक थापाले भन्नुभयो । ‘हामि जहिले पनि संकट भयो भन्नु भन्दा पनि संकट हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर आपुर्ति लागि सधै तम्तयार भएर बसी रहेका छौं । हामि संग खाद्यान्नको संकट कहिले पनि पर्दैन, लकडाउन शुरु हुनु अगाडि हामि संग ४४ हजार क्वीन्टल खाद्यान्न मौज्दात रहेको थियो भने, अहिलेको समयमा म आफै पनि खटिएर दैनिक ६ जना कर्मचारीहरुबाट सेवा प्रदान गरि दैनिक रुपमा २ सय देखि २ सय पचास सम्म सेवा ग्राहिलाइ खाद्य बितरण गर्दा पनि अझै ३१ दिन सम्मलाई पुग्ने मौज्दात रहेको छ ।’

लिमिटेडमा चामल सस्तोमा पाईन्छ भने बिहान ५ बजे देखि आएर ४–५ घण्टा सम्म लाईनमा लागेर चामल लैजानु हुन्छ त्यसो नगर्नका लागि आग्रह समेत गर्छु । प्रवन्धक थापाले । हामिसंग र बजारमा चामल लिँदा केहि रकमको मात्र अन्तर भएको र यहां सस्तो चामल पाईन्छ भनि संख्यात्मक रुपमा मानिसहरुको भिड हुने भएकोले हामिलाई सामाजिक दुरि पनि गराउन हम्मे हम्मे पर्ने र महामारि रोगको पनि खतरा बढेकोले यस्मा सबैजना सजक भैदिनहुन अनुरोध गर्दछु । प्रवन्धक थापा भन्नुहुन्छ ।
हामि केहि समय भित्र अनलाईन सेवा पनि संचालन गर्दे छौं, यस अघि काठमाण्डौंमा सेवा सुचारु भईसकेको छ र हामिले यस प्रदेशमा पनि शुरु गर्ने तयारी गरिरहेको अवस्थामा लकडाउने गर्दा हामि संग भएको श्रोत साधनहरु व्यवस्थापनमा नै लगाउनु पर्ने भएकोले समस्या समाधान हुने बित्तिकै अनलाईन सेवा संचालन गरि हाल्दछौं, अनि सेवाग्राहिहरुले घरमै बसेर एक क्लीक गरेकै भरमा घरघरमा खाध्यान्न पुर्याउने योजना सहित अनलाईन भुक्तानीको पनि व्यवस्था मिलाउदै छौं प्रवन्धक थापाले भन्नुभयो ।
प्रवन्धक थापा २०७६ साल असोजको महिनामा सम्माननिय राष्टपतिद्वारा प्रदान गरिने जनसेवा श्री पुरस्कारका लागि कर्णाली प्रदेशबाट छनौट हुनुभएको छ ।




Prawash Kumar Shakya । ५ जेष्ठ २०७७, सोमबार १९:३६ बजे