कोरोनाका २५ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४२७ पुग्यो


७ जेठ, सुर्खेत । कोरोना भाइरसको पछिल्लो २४ घण्टामा २५ जना संक्रमणको पुष्टी भएको छ । यो संगै संक्रमितहरुको संख्या ४२७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार बाँकेमा १७, २०, २८, ३० र ४० वर्षीय पुरुष तथा खजुरा गाउँपालिका-५ का २७ वर्षीय पुरुषमा यस्तै कपिलवस्तुमा थप १३ जनामा संक्रमणको पुष्टी भएको छ । १० जना महाराजगञ्ज गाउँपालिकाका छन् । उनीहरु मध्ये तीन जना ३, ४ र ६ वर्षका बालिका हुन् । यस्तै १६, २५ र ३२ वर्षकी महिला र १२, २०, २४ र ३४ वर्षका पुरुषमा संक्रमण देखिएको छ ।

नवलपरासी पश्चिममा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनी सुस्ता गाउँपालिका-५ को बेलवानी क्वारेन्टाइनमा छन् । यस्तै धनकुटाका २८, २९, ३५ र ३७ वर्षका पुरुष र २४ वर्षकी महिलामा कोरोनाको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।