कभर्ड हलको लागि एकैदिन ६२ लाख ५४ हजार सहयोग


14980740_199302183851812_5901864363297118002_n
फोटोः लोकजंग रोकाया

सुर्खेत, २८ कार्तिक । सुर्खेतमा बहुउदेशिय कभर्ड हल निर्माणको लागि संचालनका गरिएको मध्यपश्चिम धार्मिक महोत्सवमा आइतवार मात्रै ६२ लाख ५४ हजार रुपैया संकलन भएको छ । महोत्सव संचालन भएको चौथो दिन सवैभन्दा बढी रकम महोत्सव आयोजक जिल्ला व्याडमिन्टन संघले ५५ लाख ५५ हजार ५ सय ५५ रुपैया प्रदान गरेको छ ।

कर्भड हल निर्माणको लागि आइतवार हस्तविक्रम खड्काले १ लाख ५१ हजार, हेम प्रंकाश भुषाल १ लाख ११ हजार १ सय ११ र जिल्ला शिक्षा कार्यालयले ५१ हजार रुपैया दिएका छन । महोत्सवमा अहिलेसम्म ७७ लाख रुपैया संकलन भएको महोत्सव आयोजक मुल समितिका महासचिव खिमलाल देवकोटाले जानकारी दिनुभयो ।

यस्तै सुर्दशन श्रेष्ठले ५ लाख, कृष्णबहादुर खड्काले ३ लाख ५ हजार, जयप्रकाश पौडेलले १ लाख ५१ हजार १ सय, चेतबहादुर अधिकारीले १ लाख १ हजार १ सय ११, रुपैया दिनु भएको छ । कार्तिक २५ गतेबाट सुरु भएको मध्यपश्चिम धार्मिक महोत्सव आउदो मंसिर २ गतेसम्म संचालन हुनेछ ।

महोत्सवमा अन्तराष्ट्रिय कथा बाचक गोविन्दशरण महाराज र मिरादेवी दिदीले कथाबाचन गदै आउनु भएको छ ।

साभारः राराखबर अनलाइन