भारतबाट फर्किएका नागरिकहरुलाई खाना र खाजा वितरण


खगेन्द्र मल्ल

१० जेठ, सुर्खेत । विश्वव्यापी तिब्रगतिमा फैलिरहेको कोरोना भाइरसक (कोभिड-१९)लाई रोकथाम र नियन्त्रण गर्न देश लकडाउनमा रहेको अवस्थामा भारतबाट फर्किएका नागरिकहरुलाई कोपिला भ्याली सेवा समाजले विभिन्न ठाँउमा आज भोजना गराएको छ ।

करिब ११ सय जनालाई कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव खेम बहादुर सिंहको संयोजनमा कोपिला भ्याली सेवा समाजको सहयोगमा खाना र खाजाको ब्यबस्थापन गरिएको हो ।

भारतबाट कर्णाली प्रदेश भित्रिएका ४ सय ९ जना लाई छिन्चुमा खाना त्यस्तै वीरेन्द्रनगरमा ६ सय ५० जना र गाग्रेताल स्थित नेपाल राष्ट्रिय चन्द्रगंगा माध्यामिक बिधालयको क्वारेन्टाइनमा रहेका १५ जनालाई खाजा वितरण गरिएको समाजका अध्यक्ष टोपबहादुर मल्लले जानकारी दिनुभयो ।