कर्णालीमा ८ नयाँ कोरोनाका संक्रमित थपिए, नेपालमा संक्रमित संख्या १०४२ पुग्यो (अपडेट)


१५  जेठ, सुर्खेत । कोरोना भाइरस (कोभिड-१९)को संक्रमण कर्णालीमा आज नया पुष्टी भएको छ । यो संगै कर्णालीमा संक्रमित संख्या ४६ पुगेको छ । भने नेपालमा संक्रमितहरुको संख्या १०४२ पुगेको छ । १०४२ जना संक्रमित हुँदा ५ जनाको मृत्यु भएको छ भने निको हुनेको संख्या १९० पुगेको छ ।

सामाजिक विकास मन्त्रालय कर्णालीले एक प्रेस विज्ञप्ती जारी गरी कर्णाली प्रदेशको दैलेख जिल्लामा ८ नयाँ संक्रमित भेटिएको पुष्टी गरेको हो । दैलेखको नारायण १ का २६ बर्षका पुरुष, वडा नं. ३ का १९, ३०, ३६ र ४० बर्षका पुरुष, वडा नं. ४ का १ बर्षका पुरुष र २० बर्षका महिला तथा वडा नं. ५ का १७ बर्षका पुरुषहरुमा संक्रमण देखिएको हो । संक्रमितहरु अहिले स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ ।