सुर्खेतमा सोचेको डटकमको सेवा शुरु


socheko

प्रवाशकुमार शाक्य

१० जेठ २०७४

सुर्खेतमा पनि सोचेको डटकमले अनलाइन सपिङ सेवा सञ्चालनमा ल्याएको छ। आज वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर सोचेको डटकमले अनलाइनबाट विभिन्न सामानहरु खरिद बिक्रि वितरण गर्न पाइने जनाएको छ। सूचना प्रविधीको विकास र विस्तारसँगै जीवन शैली पनि परिवर्तन हुँदै आएकाले सामान खरिद विक्री पनि अब अनलाइनबाटै खरिद गर्न सकिने सोचेको डटकमका निर्देशक शैलेश लोहनीले जानकारी दिनुभयो। ग्राहकले www.socheko.com बेवसाइटमा नाम रजिष्टर गरेर आफूलाई आवश्यक पर्ने सामानको अर्डर गरि अनलाइन सपिङ गर्न सकिने उहाँले बताउनुभयो।

ग्राहकको समय र पैसा दुवै बचाउने उद्देश्यका साथ अनलाइन मार्फत घरमै बसेर सामान किन्न सकिने र किनिसकेको सामान ग्राहकको हातमा पुगेपछि मात्र पैसा तिर्नुपर्ने व्यवस्था गरिएको उहाँको भनाइ छ। इन्टरनेटको माध्यमबाट घरमै बसेर आफूलाई मन पर्ने इलेक्ट्रोनिक सामान र बजारमा भर्खरै चलेका नयाँ–नयाँ सामान अनलाइनबाट सजिलै खरिद गर्न सकिने व्यवस्थाले ग्राहकलाई बजारसम्म पुगेर सामान खोज्नुपर्ने झन्झट अवस्थाको अन्त्य भएको उहाँले भनाइ छ। सुर्खेतको ज्वाला कम्प्यूटर सप्लायर्स बाट सामानहरु पाउन सकिने भएकाले अनलाइबाट खरिद गरेको सामना गुणस्तरिय हुने प्रबन्धक लोहनीको भनाइ छ।