आर्थिक बर्ष २०७७/७८ को बजेट सार्वजनिक


१५ जेठ, सुर्खेत । आर्थिक वर्ष २०७७/७८ को बजेट आज सरकारले सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट आज संसदमा पेश गर्नुभएको छ ।

आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ४८ अर्ब, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको छ ।

बजेटको स्रोत व्यवस्थापनमा राजस्वबाट ८ खर्ब ८९ अर्ब रुपैयाँ, वैदेशिक अनुदानबाट ६० अर्ब, वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब रुपैयाँ जुटाइने र आन्तरिक ऋणबाट २ खर्ब २५ अर्ब रुपैयाँ उठाउने अर्थमन्त्री खतिवडाले बताउनुभएको छ ।