२० साउन, सुर्खेत । विश्व अझैपनि कोरोना भाइरसको कहरबाट पछि हटन् सकेको छैन् । हाम्रो देशमा अझैपनि दिनप्रतिदिन कोरोनाका संक्रमित बढिरहेको छ । जति नै कोरोना संक्रमित बढेपनि मानिसहरुमा एउटा कुरा चलेको छ त्यो के भने नेपालीहरुले कोरोनालाई पचाइ सके ।
के साच्चै नेपालीले कोरोनालाई पचाइ सकेको हो त ? यदी हामी यही सोचमा छौं भने सोच बद्लौं । किन भने कोरोनाले कुनै देशको भनेर हेर्दैन । तर हामी बुझेर पनि बुझ पचाइ रहेका छौं । एउटा कुरा के छ भने लकडाउन यदी हुन्थेन भने कोरोनाका संक्रमित छ्यापछ्याप्ति हुने थिए ।
यतिखेर देशका विभिन्न जिल्लाहरु कोरोनाका कारण लकडाउनमा छन् तर यही लकडाउनलाई किन अरुले बुझ्न नसकेको हो । कर्णालीको छिमेकी जिल्ला बाँकेमा फेरी लकडाउनको समय थपिएको छ । तर कर्णालीमा नगन्य मात्रामा संक्रमित थपिएका छन् यस्को मतलब यो होइन कि अब कर्णालीमा अब कोरोनाका संक्रमित भेटिदैन ।
कर्णाली सरकार छिमेकी जिल्लाको संक्रमणको स्थिति हेरेर अब कर्णालीमा प्रवेश गर्नेहरको पिसिआर रिर्पोर्ट हेर्ने मनस्थितिमा पुगेको छ । त्यस्तै संघीय सरकार फेरी लकडाउन गर्ने मनस्थितिमा पुगेको छ ।
अहिलेको कोरोनाको अचुक औषधी भनेको नै सामाजिक दुरी हो । आफू पनि बचौं अरुलाई पनि बचाऔं । तर खै त नागरिकबाट कार्यान्वयनको पहल ? के कोरोनाको सचेतना फैलाउनु प्रहरीको मात्र जिम्मेवारी हो ?
भिडभाड नगर्नु अनी सामाजिक दुरी कायम गर्न प्रहरी नै चाहिनु पर्ने ? हैन् तपाइहामीमा कहिले सचेतना आउने हो । हामी अहिले ने सच्चिएनौ भने फेरी लकडाउन नहोला भन्न सकिन्न त्यसैले सामाजिक दुरी कायम गरौं आफू पनि बचौं अरुलाई पनि बचाऔं ।
आजै मात्र हाम्रो देशमा २ सय ५९ जनामा कोरोनाको संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै २१ हजार भन्दा बढी कोरोनाका संक्रमित भैसकेका छन् भने ५८ जनाले कोरोनाका कारणले ज्यान गुमाइसकेको अवस्था छ र पनि हामी किन लापरवाही भएका छौं ?
समुदायमा मज्जाले कोरोना फैलिसकेको छ । तर हामी विभिन्न सामाजिक सञ्जालमा ट्रोल बनाउ ब्यस्त छौं । त्यसैले सोचौं सम्झौं कोरोनाबाट बच्न र बचाउनकालागि ।
यसैवीच कर्णाली सरकार कर्णालीमा करिब १ महिना सम्म लकडाउन गर्ने मनस्थितिमा पुगेको छ ।



Prawash Kumar Shakya । २० श्रावण २०७७, मंगलवार २१:३५ बजे