
मिलन श्रेष्ठ,
जेठ,२० सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतको समन्वयन र चिङ्गाड गाउँपालिकाको आयोजनामा, २ दिनको एकीकृत घुम्ती सेवा शिविर संचालन हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुशार यहि जेठ २१(भोली) र २२ गते चिङ्गाड गाउँपालिकाकै मटेलामा २ दिने शिविर संचालन हुन लागेको हो । भोली देखि संचालन हुने शिविरमा तपसिलका सेवा सुविधाहरु प्रदान गर्नुका साथै आवश्यक व्यवस्थापनका लागी समेत अनुरोध पत्रमा उल्लेख गरिएको छ ।
उक्त शिविरमा नयां नागरिकता वितरण, फोटो सहितको मतदाता परिचय पत्र नाम दर्ता, स्वास्थ्य शिविर(नेपाली सेनाबाट), बिपद सम्बन्धी जनचेतना कार्यक्रम(नेपाली सेनाबाट), सामुदायिक प्रहरी साझेदारी एवंम् सार्वजनिक सुनुवाई(नेपाली प्रहरीबाट),बीउ विजन वितरण तथा कृषि परामर्श सेवा( चिङ्गाड गाउँपालिका कार्यपालिकाबाट), पशु स्वास्थ्य सम्बन्धी सेवा ( चिङ्गाड गाउँपालिकाक कार्यपालिकाबाट), अपांग परिचय पत्र वितरण( चिङ्गाड गाउँपालिका कार्यपालिकाबाट) र नेपाल सरकारबाट निशुल्क रुपमा वितरण गरिने औषधी वितरण गरिने जानकारी दिएको छ ।



Milan Shrestha । २० जेष्ठ २०७६, सोमबार १२:५९ बजे