एक्लै भएपनि जिल्लाको क्यारेन्टाइनलाई मजबुत बनाउछुः साँसद थापा


दैलेख–कर्णाली प्रदेशका युवा साँसद शुशिल थापाले अबको एक महिनामै कर्णाली प्रदेश सरकारले कोरोना सम्बन्धमा जनप्रिय काम नगरेमा सरकारबाट गलत्याउने र आफै एक्लैले भए पनि क्वारेन्टाइनलाई मजबुत बनाउने समेत बताउनु भएको छ ।

दैलेखको क्यारेन्टाइन र आइसोलेसन कक्षमा रहेका सम्पुर्ण दैलेखीलाई उतारेर कर्णाली प्रदेश सरकारलाई घेरा हाल्दै प्रदेश सरकारको कार्यकक्षलाई नै आइसोलेसन बनाईदिने बताउनु भयो ।

यस्तो कारोना माहामारीको बेला पनि सामाजिक बिकास मन्त्री र मुख्यमन्त्रीले कर्णाली बासिको अबस्था बारे धेरै चासो नदिएको उहाँको आरोप छ । उहाँले भन्नु ‘यदि मलाई कोरोना भएछ भने सुरुमा सामाजिक बिकास मन्त्री र मुख्यमन्त्रीलाई सार्छु ।’

आफ्नै निर्वाचन क्षेत्र दुल्लु नगरपालिकाका ३५ बर्षका पुरुषको कारोना बाट मृतृ भएपछि उहाँले आक्रोश पोख्दै भन्नुभयो ‘दैलेख जिल्लाबाट भारतमा जाने अन्य जिल्लाहरुको तुलनामा कर्णाली प्रदेशकै मानिसहरु धेरै भएकाले दैलेख जिल्ला बढि जोखीममा छ । कोरोनाको जोखीम सबैभन्दा बढि दैलेख भएको पटक पटक जानकारी गराउँदा पनि स्वास्थ्य सामाग्री ,व्यवस्थापन र अन्य सहयोगमा दैलेख जिल्लालाई विभेद गरेको साँसद थापाले बताउनु भयो ।

उहाँले दुल्लु नगरपालिकाको खातामा ७० लाख पठाइएको जानकारी गराउनुभयो । पालिका स्तरीय समिती बनाई कारोनाबाट मृतकका छोराछोरीलाई राहत दिने बताउनुभयो । भारतबाट आउने जिल्ला बासिलाई व्यवस्थित तरीकाले ल्याउनुको साथै क्यारेन्टीनलाई मजबुत बनाउने समेत उहाँले प्रतिबद्धता गर्नुभयो ।