कर्णालीमा कोरोना संक्रमित १९८ जना पुगे


१९ जेठ, सुर्खेत । विश्वव्यापी फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणको संख्या फेरी कर्णालीमा बढेको छ । हिजो राती सम्म संक्रमित संख्या १६६ जना पुगेकोमा आज फेरी बढेर १९८ जना पुगेको छ ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले नयाँ थप ३२ जनामा कोरोना संक्रमणको पुष्टी गरेको छ । नयाँ संक्रमितहरु दैलेखका १७ जना सल्यानका १० जना र  सुर्खेत ५ रहेको बताइएको छ ।