लकडाउन अटेर गर्ने प्रहरी नियन्त्रणमा


२७ चैत्र, सुर्खेत । विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)लाई मध्यनजर गर्दै सरकारले देश लकडाउन गर्दै जनतालाई घरमा नै बस्न अनुरोध गरेको वेला घर बाहिर निस्कनेलाई प्रहरीले तिब्ररुपमा कारवाही थालेको छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पनि प्रहरीले अटेर गरेर विभिन्न बहानाबाजीमा सडकमा निस्कनेलाई कारवाही थालेको छ । आज विहान स्थानीय मंगलगढी चौकमा भेटिएका नागरिकहरुलाई प्रहरीले कारवाही स्वरुप चौकमा नै २ घण्टा नियन्त्रणमा राखेको हो । तरकारी किन्ने लगाए विभिन्न वहानाबाजीमा बजारमा आएकाहरुलाई हामीले नियन्त्रणमा लिएका हौ । ट्राफिक प्रहरी असई हरिभक्त रोकायले भन्नुभयो ।

घर भन्दा १/२ किलोमिटर टाढा तरकारी तथा अन्य सामाग्री खरिद गर्ने बहानामा  धेरै जसो निस्किएको पाइएको छ । कोही विरामीहरु पनि पनि निस्किएका छन् त्यस्तालाइ हामीले अनुसन्धान गरेर जान दिने गरेका छौं । हामीले नियन्त्रणमा लिँदा सामाजिक दुरी कायम पनि गरेका छौ । असई रोकायले भन्नुभयो ।