
२० असार, सुर्खेत । इन्धनको खपत गर्नकालागि नेपाल आयल निगमले सरकार समक्ष १० बुँदे विकल्प पेश गरेको छ ।
निगमले आज (सोमवार) प्रधानमन्त्री तथा उद्योग मन्त्रीलाई इन्धनको खपत घटाउन सकिने विकल्प सहितको पत्र पठाएको जनाएको छ । निगमले यदि खपत कम गर्न नसके निगमको घाटा बढ्दै जाने र आपूर्ति नै रोकिन सकिने बताएको छ ।
निगमले इन्धन खपत कम गर्नकालागि सार्वजनिक तथा अत्यावश्यक सेवाका सवारीसाधन बाहेक सरकारी तथा निजी सवारी साधनलाई जोरबिजोर प्रणालीमा सञ्चालन गर्ने, शनिवार गाडी रहितको सार्वजनिक बिदा घोषणा गर्ने रहेको छ । त्यस्तै पेट्रोल पम्पहरूले मोटरसाइकललाई ५ लिटर र कार जीप तथा साना सवारी साधनलाई २० लिटर मात्रै इन्धन बिक्रीको व्यवस्था गर्न सरकारलाई विकल्प प्रस्तुत गरेको छ भने पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन लगायत अन्य उपकरणको आयात बन्द गर्न समेत सरकारलाई प्रस्ताव गरेको छ ।
साथै निगमले ठूला उद्योग, परियोजना, होटल आदिले डिजेल तथा एलपी ग्यासको खपत नगरी विद्युतको खपत गर्न आह्वान गर्नुपर्ने बताएको छ ।
Prawash Kumar Shakya । २० असार २०७९, सोमबार १८:२४ बजे