कोपिलाद्वारा १७३५९ जनालाई राहत सामाग्री वितरण


२३ जेठ, सुर्खेत । कोरोना भाइरस कोभिड-१९को संक्रमण नेपालमा तिव्ररुपमा फैलिरहेको बेलामा कोपिला भ्याली सेवा समाजले कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको समन्वयमा राहत सामाग्री बाड्दै आइरहेको छ ।

कोपिला भ्यालीले कर्णाली प्रदेशका दशैवटा जिल्लाका ७९ वटा स्थानिय निकाय, त्यहाँ रहेका क्वारेन्टाइन र आइसोलेसनमा रहेका सबैजनालाइ स्वास्थ्य सामाग्री दैनिक उपभोग्य सामाग्री उपलब्ध गराउदै आइरहेको छ । सामाग्रीमा साबुन, दन्त मन्जन, दाँत माझ्ने ब्रस, माक्स, स्यानिटाइजर,  पन्जा, शौचालयमा प्रयोग हुने फिनायल, हार्पिक, मच्छेड दानी, पिपिइ सेट, म्याट, पि-फम, विस्तरा, सिरानी, तौलिया तन्ना लगाएतका बन्दोबस्तिका सामान उपलब्ध गराउदै आइरहेको कोपिला भ्याली सेवा समाजका सचिव रमेश मल्लले जानकारी दिनुभयो ।

कर्णाली प्रदेशमा दिनदिनै तिव्र गतिमा कोरोना भाइरस कोभिड-१९ का पोजेटिभका संक्रमितहरुको संख्या बढिरहेको बेलामा कोपिलाले अझ बढी प्रभावकारी तरिकाले राहत र बन्दोबस्तिका सामाग्रीहरु सहज र सुलभ तरिकाले बितरण गर्दा प्रभावकारी हुने र सबैलाइ सेवा पुग्ने भन्ने बिषयमा समाजका पदाधिकारीहरुको छलफल गर्दै कार्यहरु गर्दै समाजले जनाएको छ ।

प्रदेश सरकारको समन्वयमा प्रदेश भरीका क्वारेन्टाइनमा बसेका सम्पूर्ण नागरिकहरु कोहीपनि नछुटने तरिकाले स्थानिय पालीका र जिल्ला जन स्वास्थ्यको अभिलेख अनुसार सुर्खेत, दैलेख, कालीकोट रु रुकुम लगाएतका जिल्लाहरुमा १७ हजार ३ सय ५९ लाई सामाग्री बितरण गरिएको कोपिला भ्याली सेवा समाजका व्यवस्थापक मिन बहादुर शाहीले जानकारी बताउनुभयो ।

बिद्यार्थीहरुलाइ खाना र शैक्षिक सामाग्री बितरण

आजै कोपिला भ्याली सेवा समाजले कोपिलामा अध्ययनरत बिद्यार्थीहरुलाई  कोरोना भाइरस कोभिड-१९ का कारण लकडाउनको चपेटामा परेका बिद्यार्थीहरुको घरमै बसी रहुन तथा घरमै अध्ययन गरुन भनेर आफ्ना बिद्यार्थीहरुलाइ प्राथमिकताका आधारमा  खाना र अध्ययनका सामाग्रीहरु बितरण गरेको छ ।

कोपिलामा अध्ययनरत बिद्यार्थीहरुको परिवारका आधारमा कम्तीमा ४ जनाको घर परिवार भएकाहरुलाइ एक सेट खाद्य सामाग्री र ४ भन्दा बढी ६ देखी ८ जनाको घर परिवारहरुलाइ २ सेट खाद्यसामाग्री १ सय ४४ जनालाई उपलब्ध गराइएको समाजका संयोजक सक्षम उपाध्यायले जानकारी दिनुभयो ।