वीरगञ्ज नाका बन्द गराउन गएका मोर्चाका कार्यकर्ता लखेटिए


१२ माघ, काठमाडौं । वीरगञ्ज नाका फेरि अवरुद्ध पार्न गएका मधेसी मोर्चाका कार्यकर्तालाई स्थानीय र भारतीय व्यापारीले लखेटेको छन् ।
मधेसी मोर्चाको बारा र पर्साको बैठकले शनिबार दिउँसो २ बजेबाट नाका बन्द गर्ने निर्णय गरेको थियो । लगतै मोर्चाका नेता कार्यकर्ता नाका पुगेका थिए । मधेसी मोर्चाले नाका फेरि बन्द गर्ने बताएपछि प्रतिकारका लागि भन्दै रक्सौलका ब्यापारीहरु समेत आएका थिए । त्यसक्रममा झडप समेत भएको छ । झडपपछि अहिले मधेसी मोर्चाका कार्यकर्ता हटेका छन् र नाका सहज भएको छ ।