७४ जना विपन्न तथा असक्त अपाङ्गहरुलाई खाद्य सामाग्री वितरण


२७ जेठ, सुर्खेत । कर्णालीमा तिब्रगितको रफ्तारमा कोरोना संक्रमण बढी रहेको समयमा ग्रामिण प्रतिभाशाली यूवा क्लबले सिम्ता गाँउपालिकाको ९ नं. वडामा खाद्य सामाग्री वितरण गरेको छ ।

क्लबले उद्योग वाणिज्य संघ सुर्खेतका वरिष्ठ उपाध्याक्ष हर्ष बिक्रम खड्काको नेतृत्वमा आज सुर्खेतको सिम्ता गाउँपालिकाकाे ९ नं वडामा अति विपन्न, असक्त, अपाङ्ग गरि ७४ जनालाइ खाद्य सामग्री वितरण गरेको हो ।

लामो समयको लकडाउनमा दिनदु:खीको चुलो निभ्न नदिनकालागि यो सानो प्रयास गरेको र आगामी दिन थप सहयोगी कदम बढाउने क्लबका सल्लाहकार मोहन रानाले बताउनुभयो ।

त्यस्तै त्यसै ठाउँमा रहेका १० वटा क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाइ चाउचाउ, बिस्कुट, चिउरा लगाएतका सामग्री पनि वितरण गरिएको क्लबका सदस्य पुष्प बि.सी. जानकारी दिनुभयो ।

कार्यक्रममा सहयोग गरिएको केही सामाग्री विभिन्न दाताहरुको सहयोगमा संकलन गरिएको क्लबका अध्यक्ष चेतन आरसीले बताउनुभयो ।