मुख्यमन्त्रीद्वारा पिसिआरको परिक्षण दायरा बढाउन निर्देशन


२९ जेठ, सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पिसिआर परिक्षणको दायरा बढाउन निर्देशन दिनुभएको छ ।

विपद व्यवस्थापन केन्द्र कालिकोटको बैठकमा मुख्यमन्त्री शाहीले कालिकोट जिल्लामा प्रमुख जिल्ला अधिकारीको मातहतमा जिल्लामा भएका सवै एम्वुलेन्स कोरोना संक्रमितको ओसारपसारमा परिचालन गर्न तथा अपुग भएमा गाडी भाडामा लिएर पनि व्यवस्थापन गर्न पिसिआर परिक्षणको दायरा बढाउन निर्देशन दिनुभएको छ ।

मुख्यमन्त्री शाहीले जिल्लामा कोभिड १९ को रोकथाम तथा नियन्त्रणकालागि १ सय वेडको आइशोलेसन र स्थानीय तहमा ५० वेडको आइशोलेसन बनाउन तथा जटिल प्रकृतिका संक्रमितहरुलाई विशिष्टकृत अस्पतालमा पठाउने व्यवस्था गर्न निर्देशन समेत दिनुभएको छ ।

यसैवीच मुख्यमन्त्री शाहीले हिजो कालिकोटमा भएको सडक दुर्घटनाका परिवारलाई भेटी समवेदना प्रकट गर्नुभएको छ ।