कर्णालीमा कोरोना संक्रमित १३०७ पुगे


८ असार, सुर्खेत । कोरोना भाइरस कोभिड १९ को संक्रमण कर्णालीमा आज २५ जनामा पुष्टी भएको छ । यो संगै कर्णालीमा १३०७ जनामा संक्रमण पुष्टी भएको छ ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका अनुसार नयाँ पुष्टी भएकाहरु सुर्खेतका ५ जना, दैलेखका १९ जना र कालिकोटका १ जना रहेका छन् । त्यस्तै डिस्चार्ज हुनेको संख्या ९ जना पुगेको छ । भने कर्णालीमा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।