
२३ जेठ, काठमाडौं । सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आग्रहमा यही जेठ महिना देखि साताको २ दिन शनिवार र आइतबार दिँदै आएको साप्ताहिक विदामा आइतवार हुने विदा हटाएको छ ।
आज (सोमबार) बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार साप्ताहिक विदा नदिने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिनुभयो ।
अब यही असार १ देखि शनिबार मात्र सार्वजनिक विदा हुने भएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले इन्धनको आयात घटाउनकालागि आयल निगमको अनुरोधमा पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै सरकार संग साताको २ दिन विदा दिन आग्रह गरेको थियो । सरकारले पनि परिक्षणका रुपमा जेठ १ गतेदेखि सातामा शनिवार र आइतवार विदा दिँदै आएको थियो ।



Prawash Kumar Shakya । २३ जेष्ठ २०७९, सोमबार १९:०९ बजे