अपोलो कारमिक्स (कक्रिट मिक्सिङ उपकरण) को नेपालका लागि आधिकारीक बिक्रेता श्री मानसिरी ट्रेडिङ इन्टरप्राइजेज प्रा. लिले अत्याधुनिक सुविधा सम्पन्न उ
पकरण नेपाली बजारमा भित्र्याएको छ।
मेटागालान्ते इटली र अपोलो ईन्डियाको संयुक्त लगानिमा निर्मित अपोलो कारमिक्स विश्वका १४० देशमा प्रयोग भाईरहेको छ। अत्याधुनिक उपकरणका साथ उत्कृष्ट बिशेषता भएको अपोलो कारमिक्सले कच्चा पदार्थ (सिमेन्ट, बलुवा, गिट्टी, पानी आदी) आँफै लोड गर्न सक्छ। यसमा आवश्यक्ता अनुसार कच्चा पदार्थको वजन लिन सक्ने क्षमता भएको बिशेष प्रकारको उपकरण उपलब्ध छ।
सडकको पतिकूल अवस्था, सानो र सघुरो एरियामा पनि सजिलै टुर्निङ लिन सक्ने भएकाले यस्लाई जस्तो सुकै भौगोलिक बिकटतामा पनि सजिलै काम गर्न र गराउन सकिन्छ।
प्रती घण्टा १२- ४० घन मिटर मसला ( (कक्रिट) उत्पादन गर्न सक्ने क्षमता भएको अपोलो कारमिक्स सिन्चाइ, बाटो, भवन, पूल आदी निर्माणका लागि अत्यन्त उपयोगी सिद्ध भएको छ।
मात्र १ जन अपरेटर को सहयोगमा सबै काम आँफै गर्न गर्न सक्ने अपोलो कारमिक्स आफ्नो यही विशेषताका कारण विश्व कन्सट्रक्सन बजारमा सबैको मन जित्न सफल अपोलो कारमिक्स विश्वको नम्बर १ निर्माण सामाग्रीको रूपमा स्थापित हुन सफल भएको छ।
साभारः नेपाल हेडलाईन ।



Milan Shrestha । २७ असार २०७३, सोमबार ०८:४५ बजे